राष्ट्रपतिको चुनाव सामान्य होस् भन्ने चाहना छ भने चुप लागेर बस्नु :उत्तर कोरियाको अमेरिकालाई चेतावनी

२०७७, २९ जेष्ठ बिहीबार १९:१०

उत्तर कोरियाले अमेरिकालाई कोरियाली मामलामा चासो नराख्न चेतावनी दिएको छ । अन्तर कोरियाली मामलामा संयुक्त राज्यअमेरिकाले कुनै टिप्पणी नगर्दा फाइदा हुने केसीएनएलाई उद्यृत गर्दै अल जजीराले जनाएको छ । अमेरिकाले आगामी राष्ट्रपतिनिर्वाचनका लागि पनि मुख बन्द गर्नुपर्ने बताएको अल जजीराले उल्लेख गरेको छ ।

उत्तरले दक्षिण कोरियासंग सञ्चार हटलाईन स्थगित गर्ने निर्णय गरेपछि अमेरिकी विदेश विभागले चासो देखाएको थियो । अन्यमूलुकको आन्तरिका मामलामा दबाब दिनु भन्दा आफ्नो देशको राजनीतिक अवस्थाका बारेमा चिन्ता गर्न पनि उत्तरले अमेरिकालाईसुझाएको छ ।

ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच सन् २०१८ र १९ मा भएका ऐतिहासिक भेटहरूपछि उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न थोरै मात्र प्रगति भएको छ।

एजेन्सी

Comments

ताजा खबर