नेपाल र हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने , नेपाल फर्किन सक्नेहरुको नाम सार्वजनिक ।(सुचीसहित)

२०७७, २९ जेष्ठ बिहीबार १८:०९

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने नाम प्रकाशित गर्दै नेपालएयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ ।

एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुको नमा सार्वजनिक गरेको हो ।दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।

जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने छ ।
https://drive.google.com/file/d/1DdR5GKaKXjtCC1OHz5ofHM1JUnb3mBle/view

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु