थप २५० जनामा कोरोना संक्रमण, १८७ जना डिस्चार्ज कोरोना संक्रमितको संख्या ४६ सय १४

२०७७, २९ जेष्ठ बिहीबार १६:४९

२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ।

Comments

ताजा खबर