अमेरिकी वायुसेना प्रमुखमा पहिलोपटक अश्‍वेत नागरिक

२०७७, २९ जेष्ठ बिहीबार १६:३५

वासिङ्टन — अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेना प्रमुखमा जनरल चार्ल्स ब्राउन जुनियरको नाम अनुमोदन गरेको छ । अमेरिकी वायुसेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक हुन् ।

अमेरिकमा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीति विभाजित छ । उक्त तनावबीच सिनेटमा भएको सुनुवाइमा ब्राउनको पक्षमा सर्वसम्मति भएको हो ।

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको नियुक्ति ऐतिहासिक भएको बताए ।

ब्राउन सन् १९८४ मा अमेरिकी वायुसेनाको अधिकृत बनेका थिए । सन् २०१९ को जनगणनाअनुसार अमेरिकामा सेनामा १७ प्रतिशत अफ्रिकी–अमेरिकी कार्यरत छन् ।

पछिल्लो समय अमेरिकी प्रशान्त वायुसेनाको कमान्डर थिए । वायुसेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका ब्राउन एफ–१६ लडाकु विमान प्रशिक्षकसमेत हुन् । २ हजार ९ सय सैनिक विमान उडाएका उनी कुशल लडाकु विमान पाइलट हुन् ।

एजेन्सी

 

Comments

ताजा खबर