कुवेतबाट ३ सय ६ जना नेपाली महिला कामदार आइपुगे साझा बस चढेर होल्डिङ सेन्टरमा

२०७७, २९ जेष्ठ बिहीबार १५:३१

काठमाडौँ — कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ ।पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे र दोस्रो उडान ६ बजे गरेको थियो ।जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना आएका हुन् ।

कुवेतबाट ३ सय ६ जना नेपाली महिला कामदार आइपुगे साझा बस चढेर होल्डिङ सेन्टरमा

 बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो । उनीहरूलाई मध्यराति विमानस्थल लगिएको थियो र सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको । पहिलो र दोस्रो उडानमा बालबालिका भने थिएनन् । अस्थायी क्याम्पमा ११ जना बालबालिका थिए ।

 

कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो । कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो । तर सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । तिनमा पुरुष १ हजार ६ सय ८८ र महिला १ हजार ३ सय ३ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ ।
Comments

ताजा खबर