सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन

२०७७, २९ जेष्ठ बिहीबार १३:१०

काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ।


११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

Comments

ताजा खबर