पुर्वी नाकामा राखियो नेपालको नयाँ नक्सा

२०७७, २९ जेष्ठ बिहीबार ११:५४

काकरभिट्टा, ज्ञानेन्द्र निरौला
पुर्वी नेपालको प्रवेशद्वार मेची पुलमा देशको नयाँ नक्सा राखिएको छ । आज बिहान झापा क्षेत्र नं. १ का प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा मेची पुलको नेपाल तर्फ राखिएको नेपालको नयाँ नक्सा अनावरण गर्नु भएको थियो ।


सत्तारुढ दल नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले संयुक्त रुपमा नयाँ नक्सालाई होडिङ बोर्डमा बनाएर पुर्वी नाकामा राखिएको युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहराले बताउनु भयो ।

मेहराको सभापतित्वमा भएको नक्सा अनावरण कार्यक्रममा प्रदेश सांसद बुढाथोकीले नेपालको भुगोलको वास्तविक नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षीत राखेको बताउनु भयो ।

सांसद मैनालीले नेपालको नक्सामा भएको त्रृटी सरकारले सच्याएकाले नयाँ नक्साका बारेमा आम नेपाली जानकार हुनु पर्ने र नेपाल प्रवेश गर्ने जो कोहीले नेपालको भुगोलका बारेमा थाहा पाउनु पर्ने बताउनु भयो ।

Comments

ताजा खबर