सरकारी कार्यालयहरु असार १ गतेदेखी खुल्ने

२०७७, २९ जेष्ठ बिहीबार ११:४६

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका कारण भएको लकडाउनले बन्द भएका सरकारी कार्यालयहरु असार १ गतेदेखि खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गरेपछि अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
सुरक्षा प्रबन्ध मिलाई पहिलो चरणमा ५० र दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीले काम गर्नुपर्ने छ ।

Comments

ताजा खबर