डे केयर सेन्टरका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण ।

२०७७, २८ जेष्ठ बुधबार १९:०१

सन्ताेष गहतराज , पाल्पा  । तानसेन वडा न ४ ले पाल्पा सिबिआरको डे केयर सेन्टरमा रहेका विद्यार्थीहरूलाइ आर्थिक बर्ष २०७६/७७ काे बजेटबाट रूपैयाँ ६२४२५ बराबरकाे रकमबाट स्कुलका लागि आवश्यक दराज,स्टेशनरी तथा खेलकुदका सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

सामाग्री हस्तान्तरण गर्दै तानसेन ४ का कार्वाहक वडा अध्यक्ष गणेश थापाले डे केयर सेन्टरले जुन फरक क्षमता भएका विद्यार्थीलाई शिक्षा प्राप्त गर्ने अबसर दिएको छ याे आँफैमा सम्मान जनक काम रहेकाे बताउदै यसरी फरक क्षमता भएका विद्यार्थीहरूले अवसर पाएमा क्षमतावान विद्यार्थीहरू भन्दा कम नहुने भएकोले उनिहरूकाे शैक्षिक कृयाकलापमा थप सहयाेग पुगाेस भनी वडा कार्यालयले शैक्षिक, दराज तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेकाे बताउनु भयाे ।

सामग्री ग्रहण गर्दै डे केयर सेन्टर सञ्चालन कृष्ण गहतराजले सहयाेग लागि वडा न ४ का सबै जनप्रतिनिधिहरूलाई धन्यवाद दिदै डे केयर सेन्टरले पाल्पा  फरक क्षमता भएका विद्यार्थीहरूलाइ  नियमित निशुल्क खाने तथा पठ्ने व्यवस्था  गरेकाे बताउदै  पछिल्लो समयमा यस्तै सहयोगी दाताहरूकाे सहयाेगमा सञ्चालन गरेकाे बताउनु भयाे । साथै अगामी दिनमा सहयोगी अपेक्षा  गर्नु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु