पाल्पामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २८ जेष्ठ बुधबार १७:५९

पाल्पा । बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण भएकाहरु ११ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङ्ग का क्रममा जानकारी दिए । पछिल्लो समय पाल्पामा झण्डै २२ सय नागरिक भारतबाट भित्री सकेका छन् । जिल्लामा ३ सय ५० भन्दा बढिको नमुना संकलन भएको छ । पाल्पाका संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमण भएका सबैलाइ तानसेनको आईसोलेसनमा लैजाने तयारी भएको माथागढी गाउँपालिकाले जनाएको छ ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।संक्रमितहरु बढीरहदा सजग र सतर्कता अपनाउन आवस्यक रहेको छ ।

Comments

ताजा खबर