कर्णाली प्रदेशमा कोरोना संक्रमित ७ सय नाघे

२०७७, २८ जेष्ठ बुधबार १५:५६

सुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५ सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे सँगै कर्णाली प्रदेशमा कुल ७ सय ८ जना कोरोना संक्रमित पुगेकाे सामाजिक विकास मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।जसमध्ये दैलेखमा ३८६, सुर्खेतमा १०६, सल्यानमा १३७, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ८ जना कोरोना संक्रमित रहेका छन् । कर्णालीमा कोरोना संक्रमित ११ जना निकाे भएर घर गएका छन् भने ३ जनाकाे मृत्यु भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु