चार्टर्ड उडानमा चर्को शुल्क र अनुमति दिनेलाई कारबाही गर्न कांग्रेसको माग

२०७७, २८ जेष्ठ बुधबार १४:०९

काठमाडौं –  नेपाली कांग्रेस निकट जनसम्पर्क समिति समन्वय विभागले कोरोना भाइरसको विश्वव्यापी महाव्याधीले विश्वभरी नै असर गरिरहेका बेला केही निजी ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चार्टर्ड उडान गरेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर्न माग गरेको छ । नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले एक विज्ञप्ति जारी गरि कोरोनाको महामारीमा महङ्गो शुल्क लिने र अनुमति दिनेमाथि छानविन कारबाही गर्न माग गरेका हुन् ।

Comments

ताजा खबर