जापानका ९१६ सहित ३० देशका २४ हजार नेपालीलाई उद्दार गर्नुपर्ने ( सूचीसहित )

२०७७, २८ जेष्ठ बुधबार ०९:२२

काठमाडौं – सरकारले कोभिड -१९ महामारीका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सुची तय गरेको छ । विभिन्न देशमा रहेका नेपाली दुतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८  छ ।

परराष्ट्र मन्त्रालयले कोभिड -१९ संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी ) लाई सोमबार बुझाएका विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना छन् । अधिकारीहरुकाअनुसार खान र बस्न समस्या परेका , रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ ।कुन कुन देशबाट कति नागरिक तत्काल ल्याउनुपर्ने भयो ? हेर्नुस देश र संख्या सहितको सुची

यो सूचीमा सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक यसमा समावेश छैनन् । प्राथमिकताको आधारमा नेपाल ल्याउने प्रयोजनका लागि विदेशस्थित नियोगहरुबाट प्राप्त तत्काल उद्दार गरिनुपर्ने नेपाली नागरिकको विवरण सीसीएमसीमा पठाइएको परराष्ट्र स्रोतले जनाएको छ ।

 

Comments

ताजा खबर