संसदमा प्रधानमन्त्रीको सम्बोधन हुने

२०७७, २८ जेष्ठ बुधबार ०८:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ । लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामका बारेमा बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले संसदमा विनियोजन विधेयक – २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिनुहुने छ ।

Comments

ताजा खबर