संविधान संशोधन प्रस्तावमा दलहरुको एकता सर्वसम्मतिले पारित

२०७७, २७ जेष्ठ मंगलवार २१:३७
सांसद सभा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभए्को संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ । प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
संविधानको दोस्रो संशोधनका लागि सरकारले जेठ १८ गते विधेयक संसदमा प्रस्तुत गरेको थियो । बिधेयकमा निशान छाप भित्रको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सामा समेट्ने गरी सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको थियो । संविधान संशोधनमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए ।

Comments

ताजा खबर