थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४०८५, ५८४ निको भए

२०७७, २७ जेष्ठ मंगलवार १९:३७

मंगलबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका, अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ । थपिनेमा २ सय ९२ पुरुष र ३१ महिला छन् ।

त्यस्तै ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । यो सहित निको हुनेको संख्या ५८४ पुगेको छ। निको हुनेमा पुरुष ८८ र महिला ८ छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४०८५ पुगेको छ ।

Comments

ताजा खबर