बालुवाटारमा प्रदर्शनकारी माथि पानीको फोहरा र लाठीचार्ज

२०७७, २७ जेष्ठ मंगलवार १४:३५

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न  नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाइ प्रहरीले पानीको फोहोरा हानेको हो । लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका छन ।

कोरोना माहामारी नियन्त्रणको बेलामा राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।


यसैबिच केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको बताए । प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ताहरुले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्नुपर्ने उनिहरुको बिशेष माग रहेको छ ।

फोटो: नेपाल घटना

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु