मृतक संगै आएका ३० जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २६ जेष्ठ सोमबार १४:५१

अर्घाखाँची । भारतबाट स्वदेश फर्किने क्रममा कोरोनाबाट मृत्यु भएका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थानका ३५ वर्षीय युवकको मृत्यु भएको थियो । पछि उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार संक्रमण देखिएकामध्ये दुई जना महिला र २८ पुरूष रहेका छन् । उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक-एक जना रहेका छन ।
मृतक युवकको भने संक्रमण पुष्टि हुनुअघि नै अन्त्यष्टि गरिएको थियो ।

Comments

ताजा खबर