एमसीसी बारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

२०७७, २६ जेष्ठ सोमबार १४:१३

काठमाडौँ । नेकपाभित्र नै फरक-फरक मत देखिएको अमेरिकी सहयोग परियोजना मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक बस्दै छ ।
सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । एमसीसीबारे नेकपाभित्र नै नेताहरु बिच फरक-फरक मत देखिएको छ । सम्भवत आजको बैठक निर्णायक हुनेमा नेताहरु आशावादी देखिएका छन् । अहिले एमसीसी चर्चाको बिषय बनेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु