जुलाई १ बाट जापानको कन्भिनियन्स स्टोरहरुमा प्लाष्टिक ब्यागको पैसा लाग्ने

२०७७, २६ जेष्ठ सोमबार १२:५९

टोकियो ।जापानका तीन मुख्य कन्भिनियन्स स्टोर र अन्य खुद्रा विक्रेताहरुले प्लाष्टिकका शपिङ झोलाका लागि क्रेताहरुलाई १० येन सम्म तिराउने भएका छन् । जापानमा उत्पादन हुने प्लाष्टिकका फोहोर कम गर्न सरकारले जुलाई १ देखि देशभरका खुद्रा विक्रेताहरुलाई प्रयोग गरेपछि फाल्न मिल्ने प्लाष्टिकका झोलाका लागि शुल्क तिराउने व्यवस्था गरेकोले यस्तो भएको हो ।  जुलाई १ देखि लागू हुने गरी सेभेन इलाभेन , लसन र फ्यामिली मार्टले हरेक प्लाष्टिकका हरेक शपिङ झोलाका लागि ३ येन देखि ५ येनसम्म तिराउने भएका छन् । अन्य खुद्रा विक्रेताहरुले भने प्रति झोला १० येन तिराउनेछन् ।

सन् २०३० सम्ममा एक पटक प्रयोग गरेर फ्याकिने प्लाष्टिकका झोला २५ प्रतिशत कम गर्ने जापान सरकारको लक्ष्य रहेको छ । तर प्लाष्टिकका फोहोरमा प्लाष्टिकका झोलाको अनुपात त्यति धेरै नभएको बताइएको छ । यद्यपि , यसमा लगाइने शुल्कले यस समस्याबारे मानिसहरुलाई सचेत गराउने अपेक्षा गरिएको छ ।प्रतिव्यक्ति फोहोर उत्पादनमा जापान विश्वको तेस्रो ठूलो देश हो । हरेक वर्ष यहाँका उपभोक्ताहरुले करीब ३० अर्ब प्लाष्टिकका झोला फ्याक्छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु