कोरोना संक्रमण नेपालमा १४ औं ब्यक्तिको निधन

२०७७, २६ जेष्ठ सोमबार ०७:५८

पाल्पा । नेपालमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा उपचारका क्रममा निधन भएको हो ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक जानकारी दिन बाकी छ । नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Comments

ताजा खबर