कोरोना संक्रमण बाट स्याङ्जाका एक ब्यक्तिको मृत्यु

२०७७, २६ जेष्ठ सोमबार ०७:३२

पोखरा । कोरोना संक्रमण बाट थप एक जनाको मृत्युु  भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको कारण आईसोलेसनमा उपचार भैरहेका एक जना पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

यस्तै गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका ४२ बर्षका पुरुष रहेको निर्देशनालय ले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

Comments

ताजा खबर