क्वारेन्टाइन बस्न चाहनेका लागि सरकारले सार्वजनिक गरेको होटलको सुचि, दररेट सहित

२०७७, २५ जेष्ठ आईतवार ०८:३८

विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नेहरुको लागि ४७ वटा होटलको नाम सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको होटलको सूची सार्वजनिक गरेका हो।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् ।

काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि होटलसँग समन्वय भने नभएको होटल व्यावसायी बताउँछन । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन ‘समुदायबाट विरोध हुने अवस्था आएको छ। त्यसको सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

कति पर्छ खर्च ?

होटल को प्रकार १ बेड (प्रति व्यक्ती) २ बेड (प्रति व्यक्ती)
४ तारे ८ हजार ५ हजार
३ तारे ६ हजार ३ हजार ५ सय
२ तारे ५ हजार २ हजार ५ सय
१ तारे ४ हजार २ हजार ५ सय

साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।

यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ ।

साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।

यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ

हेर्नुहोस् होटलहरुको सूची

Comments

ताजा खबर