गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २५ जेष्ठ आईतवार ०७:०३

पोखरा । गण्डकी प्रदेशमा ४ जिल्लाका ३८ जना नयाँ कोरोना संक्रमीत थपिएका छन । पछिल्लो अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमितको कुल संख्या ११३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखरा द्वारा प्रकाशित बिज्ञप्तीमा उल्लेख छ ।

निर्देशनालयका अनुसार कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरु स्याङ्जाका १४, बागलुङका १० गोरखाका १० र नवलपरासी बर्दघाट सुस्ता पुर्बका ४ जना रहेका छन । उनिहरुलाइ सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

 

Comments

ताजा खबर