सात प्रदेशमा अटोमेटेड मेसिन राख्ने सरकारको तयारी

२०७७, २५ जेष्ठ आईतवार ०६:४८

काठमाडौं । भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँगै नेपालमा संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । यो अवस्था कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटोमेटेड मेसिन जडान र पीसीआर मेसिन थपगर्ने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा तीव्र बनाउन र छिटो नतिजाका लागि मन्त्रालयले मेसिन खरिद प्रक्रिया अघि बढाएको नियमित प्रेस ब्रीफिङ्गको क्रममा बताए । उनका अनुसार सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन राखिने छ । हालसम्म २१ स्थानबाट पीसीआर परीक्षणको काम भइरहेपनि क्षमता अनुसार परीक्षण र नतिजा प्राप्त हुन सकेको छैन । अटोमेटेड मेसिन जडान भएपछि नमूना परीक्षणमा भइरहेको ढिलाइ कम हुने र थप व्यवस्थापन हुने देवकोटाको भनाई छ ।

दैनिक रुपमा धेरै मात्रामा नमूना आउने र परीक्षण कम हुने भएकाले समयमा नतिजा नआउदा समुदाय त्रसित भएको अवस्थामा अटोमेटेड मेसिन जडान भएपछि समुदायको त्रास कम हुने अपेक्षा गरिएको छ ।

Comments

ताजा खबर