प्रधानमन्त्री ओलीको रचना रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ गिती एल्बम विमोचन ।

२०७७, २४ जेष्ठ शनिबार २३:०८

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विमोचन गरिएको छ ।

मध्यपुरथिमि नगरपालिका ४ कमेरोटारको खुला ठाउँमा शनिबार दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले सो गीति एल्बमको विमोचन गर्नुभएको हो  । प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास` लाई गायक शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएकाे छ । राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलको संयोजनमा तयार पारीएकोछ ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिनुभएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

Comments

ताजा खबर