तिनाउ गाउपालिकाकाे वडा ४ र ५ मा वडा कार्यालय भवन निर्माण शुरू ।

२०७७, २४ जेष्ठ शनिबार १९:५८

सन्ताेष गहतराज , पाल्पा ।  पाल्पाकाे तिनाउ गाउपालिकाले वडा न ४ र ५ मा यस आर्थिक  बर्ष देखि वडा कार्यालय भवन निर्माण शुरू गरेको छ ।

गाउँपालिकाले वडा न ४ काे सत्यवती र वडा न ५ काे चरचरेमा वडा कार्यालय भवन निर्माण शुरू गरिरहेकाे हाे । गाउँपालिकाले दुवै वडाकाे भवन निर्माण गरे ६५,६५ लाख रूपैयाँकाे लागतमा निर्माण शुरू गरिएको उक्त भवनहरू आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे ।

भवन सिलन्यास गर्दै अध्यक्ष घर्ती मगरले भवन निर्माणकाे लागि जग्गादान गर्ने वडा न ४ का लाल बहादुर दर्लामी तथा वडा न ५ का प्रेम क्षेष्ठ,विष्णु थापा र वडा अध्यक्ष दल बहादुर दर्लामीलाई धन्यवाद दिनुभयाे । आर्थिक बर्ष २०७७।७८ मा वडा न ३ झुम्सा र वडा न ६ मस्याममा समेत वडा कार्यालय निर्माण शुरू गर्ने तथा यस आर्थिक  बर्षमा दाेभानमा गाउँपालिकाले भवन सिलन्यास गरिने समेत अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

Comments

ताजा खबर