गोरखदल गण द्वारा वृक्षारोपण, एक सिपाही एक विरुवा 

२०७७, २४ जेष्ठ शनिबार १८:४६

पाल्पा । नेपाली सेनाको गोरखदल गण पाल्पाले वृक्षरोपण गरेको छ । सेनाले तानसेनस्थित सेन माविको परिसरमा नौ प्रकारका फलफूलका विरुवा रोपेको हो ।

विश्व वातावरण दिवसका अवसरमा सेनाले सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले बताउनुभयो ।

एक सिपाही एक विरुवा रोप्ने अभियानका साथ विरुवा रोपिएको गणपति बस्नेतले बताउनुभयो । सेनाले आफनै नर्सरीमा फलफुलका विरुवा उत्पादन गर्दै आएको छ ।
सेना माविका अध्यक्ष कृष्ण अधिकारीले विद्यालयमा सेनाले रापिएका विरुवा आफूहरुले संरक्षण गर्ने बताउनुभयो । अहिले रोपिएका विरुवालाई हुर्काउनका लागि विद्यालय सक्रिय हुने र सेनाको सहयोग सधै आवश्यक रहेको बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु