काठ लिलामीमा सहजीकरण गर्न ३ लाख नगद सहित वडाध्यक्ष पक्राउ

२०७७, २४ जेष्ठ शनिबार १५:०७

पाल्पा । काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै ३ लाख नगद सहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन शनिबार बिहान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले उपभोक्ता बाट रकम लिँदै गर्दा उनलाई नगद रकम सहित पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैनाको झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए । पुनले काठ लिलामीमा रकम लिने गरेको यसअघि पनि धेरै पटक उपभोक्तामार्फत गुनासो आएको बुझिएको छ ।

सूचना अधिकृत भुसालका अनुसार उनलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु