सर्जक केशब पौडेल र शिब हमालको ”पुतली” गित सार्बजनिक ।

२०७७, २४ जेष्ठ शनिबार ११:५२

जापान । नेपाली गीतसंगीत एउटा आफ्नो छुत्टै स्थान बनाउन सफल एक सर्जक हुन केशब पौडेल । पौडेलले नेपालि लोक संगीतको क्षेत्रमा मात्र नभई बिभिन्न सामाजिक संघ सस्थाहरुमा आबद्द भएर सामाजिक कार्यमा पनि उनी अगाडि छन् । उनी नवलपुर समाज जापानको सस्थापक अध्यक्ष हुन साथै अहिले लोक दोहोरी प्रतिष्ठान जापान शाखाको प्रबक्ता पनि हुन । पौडेलको शब्द सृजना धेरै दर्शक श्रोता मन मुटुमा बस्न सफल भएकोछ ।

उनले गरेको शब्द सृजनामा पहिला बजारमा आएका गितहरु उही ‘खोलीको पानी उही खोलीको माछा’ अनी ‘गुन्द्रुक मिठो साग’ गित छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो । नयाँ नयाँ लोक गीताका शब्द सृजनामा रमाउने पौडेल अहिले फेरी S3K Entertainment को प्रस्तुतिमा उनै सर्जक केशव पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ ।

चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वरमा कोरियोगराफ तथा निर्देशक देबेन्द्र कुवरको निर्देशन गरेकाछन् भने म्युजिक भिडियो छायाकन नरेश ऐरले गरेकाछन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहाले गरेकाछन् यस म्युजिक भिडियोमा अभिनय चर्चित मोडल दुर्गेश थापा र रविना भण्डारीले गरेकाछन् । यस म्युजिक भिडियो लाई S3K Entertainment ले आफ्नो अफिसियल युटुबबाट सार्बजनिक गरिरहेकोछ ।

भिडियो हेर्नको लागी यो तलको लिङ्कमा क्लिक गर्नुहोला|

Comments

ताजा खबर