तानसेन गुठि काठमाडौद्वारा राहत प्रदान ।

२०७७, २३ जेष्ठ शुक्रबार २०:२५

सन्ताेष गहतराज , पाल्पा ।।तानसेन गुठी काठमाडौले तानसेन नगरपालिका वडा न ४ का १२ विपन्न घरपरिवारलाई राहत प्रदान गरेकाे छ ।

सस्थाले चामल,दाल,तेल,चिनि,नुन,साेयाविन,सर्फ तथा साबुन प्रदान गरेको हाे ।सस्थाका अध्यक्ष सर्जुमान लिगलले तानसेन गुठी काठमाडौले सामाजिक कार्य सकृय रहेको सस्था बताउदै अहिले काेराेना भाइरस विषम परिस्थितिमा विपन्न घरपरिवार दैनिक जीवनयापनमा सहयाेग पुगाेस भनी राहत प्रदान गरेको बताउनु भयाे ।

राहत वितरण कार्यक्रम वडा न ४ का कार्यवाहक वडा अध्यक्ष गणेश थापाले काेराेनाकाे विषम परिस्थितिमा सस्थाले राहत प्रदान गरेकोमा धन्यवाद दिनु भयाे  । राहत वितरण तानसेन ४ का वडा सदस्यहरू  तथा तानसेन गुठि काठमाडौका सस्थापक सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु