१६८ नेपाली नागरिक त्रिभुवन विमानस्थल अवतरण

२०७७, २३ जेष्ठ शुक्रबार १९:१०

पाल्पा । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि यूएईमा अलपत्र १६८ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्।

रोजगारीको सिलसिलामा गएर लकडाउनका कारण यूएईमा अलपत्र उनीहरुलाई एयर अरेबियाको विमान मार्फत शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।

सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए।

बिदेशबाट आएका नेपाली नागरिकहरुलाइ १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने तयारी नेपाल सरकारले गरेको छ ।

Comments

ताजा खबर