२५ जेठबाट छोटो दुरिका यात्रुबाहक साधन संचालन गर्न मन्त्रिपरिषदमा सिफारिस

२०७७, २३ जेष्ठ शुक्रबार १७:२१

पाल्पा । २५ जेठबाट छोटो दुरिका यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा यात्रुबाहक सवारी साधन संचालन गर्ने प्रस्ताब सिफारिस गरेको हो । समितिले कोरोना भाइरसका १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव छ ।
सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको हो । तर उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्न भने पाउने छैनन् ।

समितिले गरेको प्रस्ताबमा १ असारबाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । यस्तै आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने र चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना उच्चस्तरीय समितिको छ । जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जिल्ला नकट्ने गरि सवारी साधन संचालन हुने छन । तर सयभन्दा बढी सक्रिय केसहरु भएका जिल्लामा यो मापदण्ड लागू हुने छैन ।

Comments

ताजा खबर