रुखबाट खसेर रामपुरमा एक युवकको मृत्यु

२०७७, २२ जेष्ठ बिहीबार २०:१६

पाल्पा । पाल्पाको  रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ । मृत्यु हुने युवा रामपुर नगरपालिका १० कुमाल गाउँका खेम बहादुर कुमालका छोरा १७ वर्षिय झरना बहादुर कुमाल रहेका छन् ।

विहान ११ बजे तिर आँप टिप्न थोत्रिबारी टारी मुहान गएका उनी रुखमा चढेर झर्ने क्रममा हाँगा भाँचिएर खसेको रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहाले बताए । उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाईएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।

Comments

ताजा खबर