वडाबासिका लागी ५० बेडको क्वारेन्टाइन स्थापना

२०७७, २१ जेष्ठ बुधबार २१:५१

भविन्द्र गौतम, पाल्पा । संचालनमा रहेका क्वारेन्टाइन ब्यवस्थापन हुननसकेको बेला तानसेन नगरपालिका वडा नम्बर ७ ले आफ्नै पहलमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । बुधबार सरोकारवाला तथा स्थानीयसंगको छलफलमा वडामा रहेका विद्यालय तथा सामुदायिक भबनहरुमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएको वडा अध्यक्ष मुक्तिराम जिसीले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा गएका वडाबासी लाई सुरक्षीत तरिकाले ब्यवस्थापन गर्न क्वारेन्टाइन स्थापना गर्न लागीएको अध्यक्ष जिसीले बताउनु भयो । जिसीका अनुसार पहिलो चरणमा ५० बेडको क्वारेन्टाइन स्थापना हुने छ । यसरी स्थापना गरिएका क्वारेन्टाइनमा वडाबासीलाई मात्र राखिने निर्णय भएको छ ।


भारतमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएसंगै रोजगारीमा भारत गएकाहरु स्वदेश फर्कोने क्रम बढेको छ । वडाबाट भारत लगाएत तेस्रो मुलुकमा वैदेशिक रोजगारीको लागी गएका ५ सय सत्तरी जनाको तथ्यांक वडाकार्यालय संग रहेको छ । जस मध्ये २ सय देखि २ सय पचास जना सम्म स्वदेश फर्किन सक्ने वडाको अनुमान रहेकोछ ।
तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पस बतासेडाडा र बर्तुङ्गको जनप्रीय माबीमा स्थापना गरेको क्वारेन्टाइनलाई होल्डिङ्ग क्वारेन्टाइन बनाएपछी ती क्वारेन्टाइनमा ब्यवस्थापन राम्रो हुन नसकेको जनगुनासो आएको थियो । ती क्वारेन्टाइनमा संक्रमण को जोखिम रहेको अनुगमनका क्रममा देकिएको थियो ।
दिनप्रतीदिन कोरोन संक्रमण वृद्धि भैरहेको अवस्थामा वडाले आफनै पहलमा क्वारेन्टाइन स्थल निर्माण गरेर वडाबासी लाई स्वास्थ्य सुबिधा दिन लागेको हुँदा वडाबासी हर्षित छन । पाल्पामा बुधबारसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

Comments

ताजा खबर