पाल्पामा आईसोलेसनमा उपचाररत एक ब्यक्तिको मृत्युु

२०७७, २० जेष्ठ मंगलवार १६:२८

पाल्पा । भारतको मुम्वईबाट पाल्पा आएका एक ब्यक्तिको आईसोलेसनमा उपचारका क्रममा मृत्युु भएको छ ।
मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुष रहेका छन् । युनाइटेड मिशन अस्पतालका प्रशासकिय प्रमुख जीवन भट्टराईका अनुसार उनलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको कोरोनासंग मिल्दोजुल्दो लक्षण रहेको र स्वावपरीक्षणको रिपोर्ट आइ नसकेको हुँदा कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि भएको छैन ।
उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । कोरोना को सम्भाबित लक्ष्यण देखिएको हुदा सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको थियो । उनको मृत्यु पछि पुन: स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो समचार तयार पार्दा सम्म पाल्पामा ५ जना व्यक्तिमा कोरोना सक्रमण पुष्टि भैसकेको छ । ५ जना संक्रमितको सदरमुकाम तानसेन स्थित आइसोलेसनमा उपचार भैरहेको छ ।

Comments

ताजा खबर