संक्रमितको बारेमा स्पष्ट खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई राष्ट्रिय सूचना आयोगको निर्देशन

२०७७, ६ जेष्ठ मंगलवार २२:३७

काठमाडौं । नागरिकमा भ्रम सिर्जना भएको भन्दै राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्पष्ट खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई निर्देशन दिएको छ । मन्त्रालयले सार्बजनिक गर्ने अस्पष्ट ठेगानाले अन्योल बढेकाले सबै विवरण सहित ठेगाना खुलाउन निर्देशन दिएको हो ।
कोरोना संक्रमण भएका ब्यक्तिको सूचना सार्वजनिक गर्दा स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ । बिज्ञाप्तीमा भनिएको छ सूचनाको हकसम्बन्धी ऐन अनुसार सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा सृजना भएको अन्योल हटाउन आवश्यक देखिन्छ ।

कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको र यसवाट सम्वन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दुरगामी हुन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएको छ ।  जसमा तीनवटै तहका सरकारी निकायबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहतका लागि भए गरेका कामहरुका वारेमा नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउन भनिएको छ । यस्तै आयोगले उपलव्ध र वितरण भएका तथा खरिद गरिने उपकरण, स्वास्थ्य सामग्रीलगायतका विषयको जानकारी सार्वजनिक गर्न, राहत कोषमा जम्मा भएको रकम र खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । हालसम्म नेपालमा ४०२ जनामा कोरोना संक्रमण हुनुका साथै २ जनाको मृत्यु समेत भएको भएपनि मन्त्रालयले संक्रमितको ठेगाना स्पष्ट नदिँदा अनावश्यक त्रास समेत फैलिएको कतिपयको गुनासो छ । कोरोना संक्रमण भएका ३७ जनाको उपचार पछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन ।

१६ बुदे निर्देशनको बिस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नु होला ।

Comments

ताजा खबर