कुटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने, प्रधानमन्त्री ओली

२०७७, ६ जेष्ठ मंगलवार १५:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको जनाएकाछन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट र दबाबमा नचल्ने जवाफ दिएका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ हाम्रो भू–भाग फिर्ता लिइछाड्छौं । प्रधानमन्त्री ओलीले भने, भारतको एउटा प्रतिक चिन्ह छ भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चार मुखे सिंह त्यसको मुनी सत्यमेव जयदेव लेखेको छ । प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, सत्यमेव जयते कि सिंहमेव जयते ? नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते । सत्य को नै विजय हुनेछ, असत्यको होइन ।
सरकारले एक दिन अगाडी मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

Comments

ताजा खबर