कोरोना भाइरस सक्रमण ग्रिन जिल्ला बनाउने अभियानमा पाल्पा

२०७७, ६ जेष्ठ मंगलवार १५:१६

पाल्पा । कोरोना भाइरस सक्रमण नियन्त्रण गर्न उच्च सर्तकता अपनाउदै दुबै परिक्षण लाई व्यापक बनाउने गरी तयारी पाल्पामा शुरु भएको छ । जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटि परिक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनेटाइजर तथा थर्मल गर्न जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकार वाट प्रयाप्त मात्र भित्रिन थालेको छ ।


पाल्पा लाई कोरोना भाईरस सक्रमणको ग्रिन जिल्ला बनाउने अभियानका साथ जिल्लाका संघिय सासंद, प्रदेश सांसद तथा स्थानीय सरकार लागी परेका छन । प्रदेश ५ का तराई क्षेत्रका ६ वटै जिल्लामा कोरोना सक्रमण बढ्दै गएकोले सिमामा रहेको पाल्पा उच्च जोखिममा रहेको परिक्षण लाई व्यापक बनाउने आवाज संघिय सांसद देखी जनस्तर सम्म उठ्दै आएको थियो । परिक्षण लाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालये पठाएको स्वास्थ्य सामाग्री नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेलाई हस्तान्तरण गरेका छन । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै यी सामाग्रीको प्रयोग बाट पाल्पा लाई ग्रिन जिल्ला बनाउन सकिने अभियानका साथ काम गरेको प्रदेश सांसद नारायण प्रसाद आचार्यले बताए । उनी भन्छन “स्वास्थ्य जस्तो संबेदनसिल कुरामा कोरोना संक्रमण शून्य बनाउन हामी जस्तोसुकै कदम चाल्न तयार छौ” ।

 

 

उक्त स्वास्थ्य सामाग्रीहरु कोरोना सक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीको सिफारिसमा आवश्यकता अनुसार प्रयोगमा आउने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख न्यौपानेले बताए ।
केन्द्रिय सदस्य गैरेले पिपिई ५० सेट, माक्स ४ हजार थान, पञ्जा १ हजार थान, सेनेटाइजार ५ लिटर, एन नाइनटी फाईव माक्स ८० वटा, पिसिआर किट २८८ वटा र आरडिटी किट १ हजार वटा कार्यालय लाई हस्तानतरण गरेका हुन । स्वास्थ्य सामाग्री पाल्पा पठाउन संघिय सांसद दल बहादुर राना र सोम प्रसाद पाण्डे तथा नेता ठाकुर गैरेले सक्रिय भुमिका खेलेका थिए ।

Comments

ताजा खबर