हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसियसनलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

२०७७, ६ जेष्ठ मंगलवार १३:२५

काठमाण्डाै । हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत डाक्टरकालागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत आज मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ । हिमानी कोष र एनएमएले आज आपसि संझौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी कोषका तर्फबाट महासचिव रेश्मा राणा र नेपाल मेडिकल एशोसिएसनके तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

कोषको कार्यालयमा सेमवार सम्पन्न कार्यक्रममा हिमानी कोषले ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानीटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्कीलाई हस्तान्तरण गरेको छ । सामग्री बुझ्दै एनएमएका अध्यक्ष डाकार्कीले उक्त सामग्री आजैबाट वितरण गर्न थालिने बताउनु भयो । संस्थाकी अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपालमा नरहनु भएका कारण अन्य पदाधिकारीले उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

हिमानी कोष र नेपाल मेडिकल एशोसियसन बिच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्ने समेत तयारी भएको छ ।सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु