व्यवसायिक कृषिमा रमाउँदै पचभैया दाम्पति, मौरीपालनमा आकर्षण वढ्दै

२०७७, ६ जेष्ठ मंगलवार १२:५७

सन्तोष गहतराज
पाल्पा । बग्नासकाली गाउँपालिका वडा न ७ कल्लाबारीका केशव पचभैयाका दाम्पती यतिवेला मौरी पालन व्यवसायमा व्यस्त छन । युवाहरू विदेश पलाएन भइरहेका बेला पाल्पाका पचभैया दाम्पति कृषि लाई मुख्य पेशा वनाउखदै छन् । अहिले उनको मौरी पालन व्यवसाय अबलोकनमा जाने जो कोहीको पनि मन रमाउछ । नेपाल प्रहरीको जागिरबाट निवृत भए पछि कृषी पेशा अंगालेका केशव र उनकी श्रीमती थनिसरा पचभैया मौरीपालनको साथमा तरकारी खेतीमा दिनहु व्यस्त देखिन्छन् । पहाडी भेगमा पालिने सेराना पहाडी जातको मौरी पाल्दै आएका पचभैया अहिले पनि त्यही मौरीका साथ आधुनिक मौरी समेत गरि करिब ६३ वटा घारहरू रहेका छन । समयलाई सदुपयोग पनि हुने र सानै देखिको व्यवसायिक मौरी पालन गर्ने अहिले पूरा भएको पचभैयाले बताउछन ।


उनी भन्छन् अरू काम जस्तो दुख पनि नहुने र निरन्तर रूपमा फाइदा लिन सकिने भएकाले गाउँका कृषकहरूलाई पनि व्यवसाय गर्न सुझाव दिन्छन् । बार्षिक रूपमा ५ लाख सम्म आम्दानी गर्ने गरेको वताउछन् । आफुले उत्पादन गरेको मह केही गाउँमा बिक्री हुने तथा पर्यटकिय ठाउँ घाईघाट अबलोकन गर्न आउने पर्यटकहरू र नमस्ते कृषि फर्मबाट बिक्री वितरण गर्ने बताए । अहिले बग्नासकाली गाउँपालिकाले पनि आफुलाई अनुदानमा मौरी सहितको घार सहयोग गरेकाले व्यवसायमा राहत मिलेको छ । विदेशीयका युवाहरूलाई स्वदेशमा नै व्यावसायिक रूपमा कृषि गरे सफलता पाउन सकिन्छ भन्ने पचभैयाले अब बग्नासकाली गाउँपालिकाले अझै युवाहरूलाई अनुदान तथा तालिम दिई देशमा नै बस्ने वातावरण बनाउन आवश्यक रहेको बताए । पाल्पा बग्नासकाली गाउँपालिकाकाले अहिले बग्नासकालीलाई मौरी गाउँको रूपमा चिनाउन कृषकहरूलाई मौरी पालन व्यवसायमा अनुदान कार्यक्रम ल्याएकोर कृषकहरूलाई मौरीपालन गर्न प्रेरित गरेको छ । मौरीपालन व्यवसाय नगदे वालिका रुपमा विकास भए संगै कृषकको आकर्षण वढेको छ ।

Comments

ताजा खबर