अन्तत: कोरोनाबाटअछुताे रहेन कर्णाली, एक जनामा संक्रमण पुष्टी

२०७७, ५ जेष्ठ सोमबार २२:२९

सुर्खेत । अन्तत: कर्णाली पनि कोरोना संक्रमणको अछुताे रहेन । कर्णालीमा पहिलो काेराेनाकाे केश फेला परेको हाे । दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेकाको स्वाब सुर्खेतमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः परीक्षणको लागी नेपालगंजस्थित भेरी अस्पतालमा सोमबार पठाइएको थियो । नेपालगंजमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको डाक्टर खड्काले बताए । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।

Comments

ताजा खबर