शक्तिशाली चक्रवातले मंगलबारदेखि नेपालको मौसम प्रभावित हुने, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

२०७७, ५ जेष्ठ सोमबार १२:५४

पाल्पा । बंगालको खाडीनजिकै बनिरहेको शक्तिशाली चक्रवातका कारण आँधी र भारी वर्षा हुने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ । भारतमा अंपुन नाम दिइएको उक्त चक्रवातका कारण आउने आँधी र भारी वर्षाबाट बच्न बंगाल र ओडिसा राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

बिभागका अनुसार प्रतिघन्टा १३  किलोमिटरका दरले पश्चिम हुँदै उत्तरपूर्वतिर सरिरहेको छ ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ । ‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ, उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

Comments

ताजा खबर