दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने।

२०७७, ५ जेष्ठ सोमबार ०८:०९

टोक्यो, जापान। विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि दौडमा रहेका नेपाली मूलका दिवेश पोखरेल उपविजेता चित्तबुझाउन पुगेका छन्।

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट गित गाउदै नेपाल को नाम एकपटक विश्वमा मा चिनाउन सफल भएका छन्   

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु