तगारो लगाई टोलटोलमा छेकबार लगाउनेलाई कारबाही गर्न गृहको निर्देशन

२०७७, ४ जेष्ठ आईतवार २२:२९

पाल्पा । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागी टोलटोलमा छेकबार लगाउने कार्य नगर्न गृहमन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरुगरि निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्नेलगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन ।”

जोखिम बढेपछी बाटोमा तगारो, तानसेन बन्दिपोखराका स्थानीय भन्छन कुनै सवारीसाधन गाउँमा प्रवेश गरे कारबाही हुन्छ

उनले विज्ञप्तिमा मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने चेतावनी दिएका छन् ।
गाउँगाउमा बाहिरबाट आउनेहरुका कारण जोखिम बढेको भन्दै कानुन बिपरित बाटो अबरोध गर्ने कार्य गृहको चेतावनी सहितको आदेश पछी रोकिने आशा गरिएको छ ।

Comments

ताजा खबर