कालिगण्डकी नदीमा पैडी खेल्दा दुई बालक बेपत्ता, खाेजी कार्य जारी

२०७७, ४ जेष्ठ आईतवार १७:२५

सन्ताेष गहतराज, पाल्पा । गर्मी माैसम शूरू भए सँगै बालबालिकाहरू माछा मार्ने, नुहाउन, कपडा धुने तथा पाैडी खेल्ने निउमा बालबालिकाहरू खाेलामा जाने गर्दछन ।

पाल्पामा बर्सेनी धेरै बालबालिकाहरू खाेलामा पाैडी खेल्दा ज्यान गरेका घटनाहरू आउने गर्दछन साेही अनुसार जिल्लाकाे रामपुर नगरपालिका १० शिखरडाँडा स्थित कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता भएका छन् । आइतवार घर नजिकै काली नदीमा पाैडि खेल्न गएका बालकहरु नदीमा हराएकाेले खाेजी कार्य जारी रहेकाे वडा अध्यक्ष लिल बहादुर गाहाले जानकारी दिए । मलाैटेघाटमा नदीमा पौडिने क्रममा स्थानिय अन्दाजी १० बर्षकाबालक नदिमा बगेका हुन । खाेजी कार्यका लागि जनप्रतिनिधि प्रहरी चौकी हुँगीका प्रहरी र स्थानीयबासी सहितकाे टाेलि घटना स्थलमा पुगेकाे छ । घटनाकाे सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

Comments

ताजा खबर