कोरोना संक्रमणबाट एक जनाको मृत्यु, मृत्युहुने २९ वार्षिय महिला रहेको पुष्टि

२०७७, ३ जेष्ठ शनिबार २१:३८

पाल्पा । कोभिड – १९ को संक्रमण बाट नेपालमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने सिन्धुपाल्चोक भाइमाडी बस्ने २९ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


“वैशाख २३ गते त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ । यस सम्बन्धमा थप विस्तृत विवरण लिईएको र कोभिड – १९ संग सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिड – १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ।” मन्त्रालयले द्वारा जारी गरेको प्रेस नोटमा उल्लेख रहेको छ ।
पछिल्लो अध्यावधिक विवरण अनुसार नेपालमा २८१ जनामा कोभिड – १९ संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Comments

ताजा खबर