थप ९ जनामा कोरोना पुष्टि, नेपालमा २६७ जना पुगे

२०७७, २ जेष्ठ शुक्रबार २०:५७

पाल्पा । कोभिड – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या २६७ पुगेको छ । शुक्रवार साँझ ९ जना थपिएपछी संक्रमण हुनेको संख्या २६८ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको हो । पर्सा बिरगंजका ९ र १० बर्षीय बालक, २३ र ४७ बर्षीय महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दांङका २३ , ३६ , ३४ वर्षीय पुरुष, र काठमाडौं सतुंगलका ७ बर्षीय बालकमा संक्रमण पुष्टि भएको जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार संक्रमीत सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।

Comments

ताजा खबर