संक्रमण रोकथामको लागी पाल्पा जिल्ला सिल गर्ने निर्णय

२०७७, २ जेष्ठ शुक्रबार १७:३२

पाल्पा । छिमेकी जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उच्च सुरक्षा अपनाइएको छ । पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला सिल गर्ने निर्णय भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई ३ गते शनिवार विहान ५ बजेदेखि ५ गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादब सुबेदिले जानकारी दिनुभयो ।


बैठकले एम्बुलेन्स, स्वास्थ्य सामाग्री ढुवानी गर्ने गाडीहरू, लगायत अत्यावश्यक सवारी साधान बाहेक राजमार्गमा गुड्ने सबै प्रकारका सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुबेदिले का अनुसार आयात र निर्यातमा समेत रोक लगाइने छ ।

Comments

ताजा खबर