लकडाउन थपिने संकेत, कसरी व्यवस्थित गर्ने भनेर जनस्वास्थ्य विज्ञसँग छलफल

२०७७, २ जेष्ठ शुक्रबार १६:२७

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागी गत चैत्र ११ देखि जारी लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी सरकारले गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना रहेको उच्चस्तरीय समिति स्रोतले बतायाे । स्रोतका अनुसार यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ । समितिले शुक्रबार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो ।
लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् । यो समाचार तयारपार्दा सम्म कोभिड – १९ को पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ ।

Comments

ताजा खबर